काठमाडौं । साउथ फिल्मको सुपरहिट जोडीको रुपमा चिनीने समन्था रुथ र नागा चैनतन्यले छुटिएर आ–आफ्नो बाटोमा हिड्ने निर्णय गरिसकेका छन् । यो जोडीले २ ओक्टुबरमा डिर्भोसका कुरा सबै माझमा ल्याएर आफ्ना परिवार र फ्यनहरुलाई चकित बनाएका थिए ।
डिर्भोस पछि भने समन्था आफ्नो सामाजिक सञ्जालमा निकै सक्रिया भएको देखिन्छ । उनीहरु छुटिएको पनि महिनौ भयौ भइसक्यो उनीहरु आ–आफ्नै दुनियाँमा व्यास्त छन् । तर आजभोलि समन्थाको समाजिक सञ्जालका पोस्टले भने उनको पिडा झल्काइ रहेको देखिन्छ ।
नागासंग छुटिएपछि भने सामंथले सामाजिक सञ्जालमा धेरै जसो केहि न केहि पोस्टहरु गरिरहेको हुन्छ । जुन पोस्ट उनको आफ्नो बास्तावि जिवनमा मेल खान्छ ।
हालै उनले यस्तो भनेर स्टाटस सेयर गरेकि छिन्,
‘म स्ट्रङ छु, म परफेक्ट छैन, म कहिल्यै हार मान्दिन, म माया गर्छु, म डेटरमाइंन छु, म मानिस हुँ अनि म योद्धा हु,’ मेरि आमाले पनि यहि भन्नु हुन्थ्यो ।
यस्तै,तपाई आफ्नो छोरीलाई यति शिक्षित बनाउनुस् कि तपाइले चिन्ता गर्न नपरोस् कि मेरो छोरीलाई कस्ले बिहे गर्छ । उसको विवाहको लागि छुटाउने पैसा उसको शिक्षामा खर्च गर्नुहोस् । उसलाई आफूले आफैलाई माया गर्न सिकाउनुहोस् र आफ्नो खुट्टामा आफै उभिन सिकाउनुहोस् । आफ्नो आत्मारक्षका लागि आवश्क परेमा अरुलाई मार्न सिकाउनु । भन्दै उनले आफ्नो सामाजिक सञ्जालमा स्टाटस सेयर गरेकि छन् ।