थप ३ सय ५६ जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ५६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको परीक्षणमाका क्रममा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयमा दुई जनाको मृत्यु भएको छ भने ५ सय १८ जना कोरोनामुक्त भएका छन् । 

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३६ पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.