कटरिना र विक्कीको दीपावली

काठमाडौं । विक्की कौशल र कटरिना कैफको विवाहको खबरले सबै सामाजिक सञ्जालमा  चहलपहल भइरहेको छ । विक्की र कटरिनाको विवाह डिसेम्बरमा हुने पक्का भइसकेको छ, विवाहको भेन्यु देखि लिएर विवाहको मिति पनि पक्का भएको खबर बाहिर आइरको छ । यसैबीचमा उनीहरु दिपावली पार्टीमा एकै साथमा देखा परेका छन् ।

विक्की र कटरिना छुट्टाछुट्टै गाडीमा आरती शेट्टीको घरमा पुगेका थिए ।कटरिनाले पार्टीमा पिंक साडी लागएकी थिन् भने विक्कीले ब्लु कलरको कुर्ता लगाएका थिए ।

विक्कीले पैपराजीलाई हेर्दै हेलो भने, त्यहिँ कटरिनाले पनि मिठो मुस्कान दिए । विवाहको कुरा गर्नुपर्दा कटरिनाको ब्राइडल आउटफिट सब्यासाचीले बनाउँने भएको छ ।

कटरिना र विक्कीको विवहा  डिसेम्बरको पहिलो सातामा हुने पक्का भएको छ । विवाह अगाडि दुवैजना दीपावलीको पार्टी खाना आएका थिए । यो दीपावली कटरिना र विक्कको विवाह भन्दा अघीको अन्तीम दीपावली हुनेछ ।

पार्टी सकिएपछि कटरिनाले आमा र बहिनी इसबेलसंगको फोटो सामाजिक सञ्जालमा सेयर गरेकि छन् । यस्तै, विक्कीले पनि आफ्ना फ्यानहरुलाई दीपावलीको शुभकामना दिँदै फोटो सेयर गरेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.