थप १ सय ४३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् ।  त्यसैगरी, सो अवधिमा थप ९ संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५ सय ६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.