प्रधानन्यायाधीश जबराले तोके आफूसहित ६ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित ६ इजलास तोकेका छन् । न्यायालय सुद्धीकरणको माग गर्दै आफूविरुद्ध विरोध भइरहँदा सोमबार राणाले आफूसहित ६ इजलास तोकेका हुन् । 

सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा चार वटा संयुक्त र २ वटा एकल इजलास तोकिएको छ । 

प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका हुन् ।

त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीलाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार चुडाललाई एकल इजलास तोकिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.