जबरा इतिहासकै भ्रष्ट प्रधानन्यायाधीश भएको आरोप

काठमाडौं । न्यायालय शुद्धीकरणको माग राख्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएकाहरुले प्रधानन्यायाधीश जबरामाथि इतिहासकै भ्रष्ट र अक्षम प्रधानन्यायाधीश भएको आरोप लगाएका छन् । 

सोमबार नेपाल बार एसोसिसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनीहरुले जबरामाथि यस्तो आरोप लगाएका हुन् । 

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश जबरा अहिलेको समस्याको समाधान नभएर कारण भएकाले राजीनामा दिनुपर्ने बताएका छन् ।

'प्रधानन्यायधीशको गैरन्यायिक आचरणको कारणले अहिले संकट देखिएको हो ।' त्रिपाठीले भने, 'पहिले विवाद थियो । अहिले संकट बनेर आयो । उहाँ समस्याको समाधान होइन, कारण हो । न्यापालिका सबैभन्दा ठूलो भनेको जनताको विश्वास हो, त्यो प्रधानन्यायाधीशको कारण संकटमा परेको छ ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.