काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाले दुनामा माग्दा अदालतले टपरीमा दिएको बताएका छन् ।
नेकपा एमाले मोरङले आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधनका क्रममा ओलीले सर्वोच्चको परमादेशमार्फत् बनेको सरकारलक्षित गर्दै यस्तो बताएका हुन् ।
सो क्रममा उनले अध्यक्ष ओलीले सेटिङमा अदालतको फैसला आएको समेत बताए ।
राष्ट्रपतिको अधिकार खोसेर सर्वाेच्चले प्रयोग गरेको उनको गुनासो छ । उनले भने, ‘अदालतको काम संविधानको व्याख्या गर्ने हो संशोधन गर्ने होइन । अदालतले संविधानभन्दा बाहिर फैसला गर्यो ।’
प्रत्यक्षमा ८० सिट ल्याउनेले नेतृत्व नपाउने र २३ सिट पाउनेले सोझै पाउने के आधार भन्दै उनले प्रश्न गरे ।