प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । 

भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा शर्मा मंगलबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली गएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथि बालकृष्ण कार्कीले बिदाई गरेका थिए । औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.