विराटनगर कारागारमा झडप हुँदा ६ कैदी घाइते

मोरङ । विराटनगर कारागारमा दोहोरो झडप हुँदा ६ जना जना कैदीबन्दी घाइते भएका छन् ।

मंगलबार विहान भएको दोहोरो झडपमा उनीहरु घाइते भएका हुन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदी बन्दीबीच झडप भएको बताइएको छ । 

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका छन् । घाइतेलाई कोशी अस्पताल लगिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.