बारलाई आन्दोलन नगर्न कन्स्टिच्युसनल फोरम अफ नेपालको आग्रह

काठमाडौं । कन्स्टिच्युसनल फोरम अफ नेपालले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बार एशोसियसनलाई  ध्यानाकर्षण गराएको छ । 

न्यायालय सुद्धीकरणको माग गर्दै बार पदाधिकारीलाई कन्स्टिच्युसनल फोरम अफ नेपालले संविधान दिएर ध्यानाकर्षण गराएको हो । 

नेपालले बारका पदाधिकारीलाई प्रतिकात्मक विरोधस्वरूप संविधान दिएको हो ।  

त्यस्तै कानून व्यवसायीलाई बहस पैरवी गर्ने वातावरण बनाइनुपर्ने, न्यायपालिकाको समस्या समाधानको लागि उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्नुपर्ने, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न पहल गर्नुपर्ने माग राखिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.