थप पाँच सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर मंगलबार थप पाँच सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। कुल १६ हजार ७३६ जनामा गरिएको नमूना परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

जसमध्ये पीसीआर विधिबाट ४४३ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको हो।

यस्तै मंगलबार थप ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार आज थप ४ सय ८४ जना कोरोनामुक्त भएका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.