काठमाडौं । इन्डोनेसियाली यौनकर्मी सुन्ती आनीलाई अहिलेसम्म आफू कतिपटक प्रहरी खोरमा पुगेँ भन्ने हेक्का छैन । पूर्वी प्रान्त जाभा बस्ने उनी पेसाले यौनकर्मी हुन् । तर, उनको पेसामा अहिले खडेरी लागेको छ । जाभामा सन् २०१४ मा सरकारले देह व्यापारलाई प्रतिबन्ध लगाएको थियो ।
सरकारको प्रतिबन्धपछि लुकिछिपी हुने यौन व्यावसायले विकृत रुप लियो । प्रतिबन्धपछि पनि आनीले देह व्यापारलाई निरन्तरता दिइनु । ग्राहकसँगको उनको भेट क्याफे र रेस्टुरेन्टमा हुन थाल्यो । क्याफेमा उनले पहिलेभन्दा थोरै पैसा कमाउँथिन् । प्रहरीलाई टिप्स दिँदा कहिलेकाहीँ गोजी नै रित्तो हुन्थ्यो ।
इन्डोनेसियामा देह व्यापार नियन्त्रण गर्ने कुनै राष्ट्रिय कानुन छैन । तर, केही स्थानीय सरकारले भने ‘नैतिकताविरोधी अपराध’ जस्ता कानुनमार्फत देहव्यापारमा प्रतिबन्ध लगाएका छन् ।
सन् २०१४ मा पूर्वी प्रान्तको मलाङ जिल्लाले सम्पूर्ण कोठी बन्द ग¥यो । प्रतिबन्धपछि आनी जस्ता महिलालाई देहव्यापारभन्दा पनि ‘भगवानलाई खुसी पार्ने’ काम गर्न अधिकारीहरुले सुझाए ।
प्रतिबन्धबीच मलाङका केही देहव्यापारीले आफ्नो भविष्य कोठीमै देखे र गोप्य ढंगले आफ्नो धन्दा चलाए । कोही भने सडकमै गएर आफ्नो व्यापारलाई निरन्तरता दिए । यसअघि दिनदहाडै यौन व्यवसाय हुने ठाउँको सट्टा रातको समय रोज्न थालियो । फाइदा नहुने देखेपछि कोही कोही पेसा नै छाडेर गाउँ फर्किए ।
‘यहाँ कण्डम अनिवार्य प्रयोग गर्नुपर्छ’ भनेर बोर्ड सजाइएका कोठी गीतसंगीत र मनोरञ्जनको केन्द्रमा रुपान्तरण भए । तर, उनीहरुको अन्तिम उद्देश्य लुकिछिपी यौनधन्दा थियो । सधैं लुकेर काम गर्नुपरेपछि आनीले वेटरको काम थालिन् । तर, उनका सहकर्मीले उनको पूर्वकरिअर थाहा पाएपछि वेटरको कामलाई पनि पूर्णविराम लगाइन् । मलाङले देहव्यापारलाई नियन्त्रण गरे पनि वरपरका जिल्लाका केही कोठी भने खुलिरहे । यो समयमा लुकिछिपी यौनधन्दा गर्नेको संख्या पहिलेकोभन्दा दोब्बर देखियो । विकृति त कति हो कति !
अस्ट्रेलिया र अमेरिकाका तीन विश्वविद्यालयका विज्ञहरुले गरेको एउटा बृहत् अनुसन्धानमा इन्डोनेसियामा यौन व्यापारलाई गैरकानुनी ठहर गरेपछि त्यसले झन् विकृति ल्याएको थियो । मलाङमा मात्र यौन रोगको दर ५८ प्रतिशतले बढेको थियो । प्रतिबन्धपछि सुरुमा केही खुम्चिए पनि पाँच वर्षपछि त्यहाँको यौन बजार झनै फस्टाएको अध्ययनले देखाएको छ ।
प्रतिबन्धका कारण सार्वजनिक सावधानीमा कमी आएको थियो । मलाङका अधिकांश कोठीमा कन्डमको पहुँच घटेको थियो । यसअघि स्थानीय स्वास्थ्य अधिकारीले नै ती कोठीलाई कन्डम उपलब्ध गराउँथे ।
आफूहरुमाथि अपराधजन्य व्यापारलाई सहयोग गरेको आरोप लाग्न थालेपछि केही संस्थाले यौनकर्मी महिलालाइ दिँदै आएको निःशुल्क सेवा पनि बन्द गरे । कन्डमको मूल्य तीन गुणाले बढ्यो । आयको स्रोत घटेसँगै केही यौनकर्मी महिलाले आफ्ना ग्राहकलाई जोखिमपूर्ण सेक्स सुविधा उपलब्ध गराउन थाले ।
तीनवटै विश्वविद्यालयका विज्ञहरुले गरेको सो अनुसन्धानको एउटै निष्कर्ष थियो– इन्डोनेसिायमा देहव्यापारलाई अपराध मान्दा त्यसले नराम्रो नतिजा ल्याएको छ । एक अध्ययनअनुसार यौनलाई कानुनी रुपमा मान्यता दिँदा बलत्कारका घटनामा कमी आउँछन् । विकासन्मुख देशमा अहिले दिनहुँ बलात्कारका घटना बढिरहेका छन् ।