राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मङ्गलबार (आज) मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।