काठमाडौं । सरकारलाई सहयोग गर्न भन्दै केन्द्रमा समन्वय समिति बनाएको दुई दिन पनि नबित्तै बागमती प्रदेशमा कार्यदल गठन गरिएको छ ।
समन्वय समिति बनाएको भन्दै गठबन्धनभित्रकै सांसद तथा मन्त्रीले नेतृत्वको आलोचना भइरहेका बेला बागमती प्रदेशमा बागमती प्रदेशमा पनि ६ सदस्यीय कार्यदल गठन गरिएको हो । बागमती प्रदेशमा संयोजकको नेतृत्व नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालले गरेका छन् ।
कार्यदलमा माओवादीबाट बुद्धिमान माझी, कांग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली छन् । कार्यदलले प्रदेश सरकार सञ्चालनका लागि सहजीकरण गर्ने बताइएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको परामर्शमा कार्यदल गठन भएको हो ।