काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति प्रभुराम शर्मालाई मानार्थ भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् ।
बुधबार दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति शर्मालाई सो पदवीद्वारा सम्मान प्रदान गरिएको हो ।
मंगलबार प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका छन् । भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेटवार्ता भएको छ । थप उच्च राजनीतिक भेटघाटका लागि कार्यतालिकासमेत तय भएको बुझिएको छ ।