थप ४ सय ४० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा  थप ४ सय ४० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी सोही अवधिमा ६ जनाको मृत्यु भएको छ । 

५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.