शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने कानून व्यवसायीको घोषणा

काठमाडौं । कानून व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै नेपाल बार एशोसिएसनले सो घोषणा गरेको हो । 

विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानून व्यवसायीहरुले बहस पैरवी गर्ने छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानून व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।

सो क्रममा  पूर्वबार महासिचव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमा शर्मा आचार्य, नेपाल बार केन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.