प्रधानन्यायाधीश राणा बिचौलियाका नाइके हुन् : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिचौलियाको नाइके भएको बताएका छन् । 

प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालत परिसरमा जारी प्रदर्शनलाई सम्बोधनका क्रममा श्रेष्ठले सो आरोप लगाएका हुन् । 

‘न्यायपालिकामा भ्रष्टाचार व्याप्त छ। प्रधानन्यायाधीश बिचौलियाको नाइके बने। बिचौलियाको नाइके बने। त्यसैले हामीलाई चाहिएको छैन्,’सो क्रममा उनले भने। 

सो क्रममा उनले भोलिबाट प्रधानन्यायाधीशलाई गेटमा प्रवेश गर्न सक्ने बताए । उनले भने, ‘हामी मात्रै होइन। अब नागरिकहरूलाई पनि सडकमा आउनुपर्छ। बिचौलिया र भ्रष्टाचारीले बचाउन खोजे।’

न्यायपालिका सुधारको लागि राजीनामापछि पनि सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य बनाउने चेतावनी दिए ।

सर्वोच्च परिसरमै कानुन व्यवसायीहरूले ‘बिचौलिया र भ्रष्टाचारीको रक्षक चोलेन्द्र शमशेर राजीनामा दे!’ भन्दै नारासमेत लगाएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.