दबाबको शासन अन्त्यको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । न्यायालयको विषयलाई  लिएर माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच झडप भएको केही बेरमा माइतीघर मण्डलामा विधिको शासन कायम गर्, दबाबको शासन अन्त्य गर्’ भन्ने नारा लागउँदै प्रदर्शनकारीले आन्दोलनमा उत्रिएका हुन् । 

केही बेरअघि सर्वोच्चमा कानुन व्यवासयी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा ६ जना कानुन व्यवासयी घाइते भएका छन् ।अदालत प्रशासनले अदालत परिसरमा जनपथ र शसस्त्र प्रहरी परिचालन गरेको थियो ।

कानुन व्यसायीले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् । सो क्रममा कानुन व्यवसायीको आन्दोलनलाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब  न्यायालय सुद्धीकरण मात्र नभएर राणाको राजीनामा अनिवार्य भएको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.