काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटघाट भएको हो । भेटका क्रममा दुई देशबीचको मित्रता र आपसी सहयोगबारे चर्चा भएको छ।
भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिनका लागि मंगलबार दिल्ली पुगेका थिए । बुधबार शर्मालाई भारतीयस्थल सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।