काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा राष्ट्रपति कार्यालयमा पुगेका छन् । न्यायालय सुद्धीकरणको नाममा उनीविरुद्ध आन्दोलन भइरहेका बेला बिहीबार राणा राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।
यद्यपि राणा शीतलनिवास पुग्नुको कारण भने खुलेको छैन ।
राणाले आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका थिए । न्यायालयमा आजमात्रै उनीविरुद्ध भ्रष्टाचारी प्रधानन्यायाधीश राणा राजीनामा दे भन्दै नाराबाजी भएका थिए ।
यसका अलावा नाराबाजीमा उत्रिएका न्यायाधीशमाथि लाठीचार्ज हुँदा केही न्यायाधीश घाइतेसमेत भएका थिए ।