बिहीबार दिउँसो करिब १२ बजे नेपाल बार एसोसिएसनको प्राङ्गण सुनसान थियो । एक/दुई जना अधिवक्ता यताउता गर्दै थिए ।
तर, सर्वोच्चको प्राङ्गणमा भने कानुन व्यवसायी र प्रहरीबीच मुडभेड भइरहेको थियो । सोपश्चात् कानुन व्यसायीहरु गाउँको बिहेमा भतेरमा पँलेटी कसेर जन्ती र अमूक राजनीतिक दलका कार्यकर्ता धर्नामा बसेझै सर्वोच्चको प्राङ्गणमा धर्नामा बसे ।

सर्वोच्चको प्राङ्गणमा यस किसिमका घटना घटिरहँदा बार एसोसिएसनको छतमा रहेका सञ्चारकर्मीहरु भने फोन रिसिभ गर्न, क्यामराको एंगल मिलाएर फोटो र भिडियो लिन त कोही यस्तो भइरहेको होल भनी अनुमान गरिरहेका थिए ।
तर, सर्वोच्चमा भेला भएको यो जमात कुनै बिहेमा भोज र अमूक राजनीतिक पार्टीका कार्यकर्ताको आन्दोलन तथा धर्ना नभई न्यायालय सुद्धीकरणको माग गर्दै कानुन व्यवसायीद्वारा प्रधानन्यायाधीशविरुद्ध गरिएको धर्ना थियो ।
जुन धर्नामा अन्यायमा परेका गरीब, निमुखादेखि देशका उच्च पदस्थ र प्रणालीकै बारेमा बहस गर्ने सर्वोच्चका न्यायधीश र कानुन व्यवसायी संलग्न थिए ।
न्यायालयको प्राङ्गणमा देखिएको यो दृश्यसँगै मेरो मनमा २०७७ साल पुस १० मा संसद विघटनविरुद्ध प्रचण्ड तथा माधव नेपालले केपी ओलीविरुद्ध हामी यहाँ छौँ भन्दै गरेको प्रदर्शनको याद आयो ।
यद्यपि माधव नेपाल र प्रचण्डले पँलेटी कसेर माइतीघरको मैदानमा गरेको धर्नाको विषय सर्वोच्चको फैसलासँगै टुंगिएको छ।
तर, जो धर्नामा बसिरहेका छन् । यसअघि दुई/दुई चोटि भएको संसद् विघटनको विरुद्धमा बहस गरेका कानुन व्यवसायी पनि संलग्न छन्
उनीहरुको कार्य कार्यकारीको विषयमा मात्रै नभएर अन्यायमा परेकालाई न्याय दिने र कानुनको व्याख्या गरी विवादित विषयको टुंगो लगाउनु र संवैधानिक निकास दिनु हो । सम्भवतः यही कारणले पनि हुन सक्छ जो कोहीलाई अन्यायमा परेको छु भन्ने लागेमा न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुग्छ ।

तर, आज तिनै अन्यायमा परेकाहरुको मुद्दाको बहस गरेर न्याय र अन्याय छुट्याउनेहरुमाथि लाठीचार्ज भएको छ ।सर्वोच्चकै प्राङ्णमै प्रहरीको कुटाइबाट घाइते भएका कानुन व्यवसायीले कहाँ गएर मुद्दा दर्ता गराउने ?