काठमाडौं । निजगढमा नेपाली चलचित्रमा रुची राख्ने आममानिसका लागि चलचित्र निर्माण सम्बन्धी आधरभुत प्रशिक्षण संचालन हुने भएको छ ।
नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा निजगढमा चलचित्र निर्माण सम्बन्धी कार्यक्रम हुन लागेको हो । चलचित्र बिकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रवर्द्वन बोर्डको सह-आयोजनामा मंसीर १ गतेदेखि ७ गतेसम्म चलचित्र निर्माण सम्बन्धी आधारभुत तालिम संचालन गर्न लागेको निर्देशक समाजका महासचिव जनकराज पराजुलीले बताएका छन् ।
कार्यक्रममा लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ्गलगायतका बिषयमा प्रशिक्षण गाराइनेछ । प्रशिक्षणका लागि चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता युवराज लामा, अभिनेता निखिल उप्रेती, सन्तोष श्रेष्ठ, निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, महासचिव जनकराज पराजुली, रंगकर्मी अनुप बराल, लेखक सामिप्य तिमल्सेना र छायाँकार पुरुषोत्तम प्रधानलगायत प्रशिक्षक रहनेछन् ।
नेपाली चलचित्रप्रती आकर्षण बढाउन र नेपाली चलचित्रको प्रवर्द्वन गर्न कार्यक्रमको आयोजना गरेको समाजका महासचिव पराजुलीले बताए ।
कार्यक्रममा निजगढ नगरपालिका र होटल तथा पर्यटन ब्यबसायी संघको पनि सहकार्य रहनेछ । निर्देशक समाजका सस्थापक अध्यक्ष युवराज लामाको प्रस्तावमा निजगढमा चलचित्र सम्बन्धी कार्यक्रम पहिलो पटक हुन लागेको हो ।
एकहप्तासम्म संचालन हुने कार्यक्रम निजगढस्थित तारा ईन होटलमा संचालन हुनेछ । निजगढ आसपासका इच्छुक ब्यक्तिहरुले सहभागी जनाउन सक्ने आयोजक बाताइएको छ ।