सर्वोच्चमा जारी आन्दोलनमा पक्ष र विपक्षको धर्ना र जुलुस (फोटो फिचर)

काठमाडौं । सर्वोच्च अदालत परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । न्यायालय सुद्धीकरणको माग राख्दै कानुन व्यवसायीले गरेको आन्दोलन जारी रहेका बेला नागरिकको न्याय मार्न पाइँदैन भन्दै बाहिर नारा जुलुस हुँदा सर्वोच्च अदालत तनावपूर्ण बनेको हो ।

पक्ष र विपक्ष जस्तो देखिएको दुई समूह धर्ना र जुलुसमा प्रतिस्पर्धामा छन् । यतिखेर नाराबाजी गर्दै आएकाहरुमाथि प्रहरीबीचले लाठीचार्ज गरेको छ ।

त्यसैगरी सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले नाराबाजी गरिरहेका छन् ।

त्यसैगरी, प्रहरीले माइकिङ गर्दै कानुन व्यवसायीलाई संयमित हुन आग्रह गरेको छ । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको थियो ।

जबराका समर्थक र विरोधी कानुन व्यवसायीहरूबीच गेटभित्र र बाहिरबाट बाझाबाझ भएको थियो । थोरै संख्यामा रहेका जबरा समर्थक कानून व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जबराका समर्थक कानून व्यवसायीहरूलाई नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाको संज्ञा दिए । 

गत शुक्रबार सर्वोच्च अदालत परिसर भित्र प्रवेश गर्न नपाएका कानून व्यवसायीहरू आज भने नेपाल बार एशोसिएसन तर्फको गेटबाट भित्र प्रवेश गरेका छन् । उनीहरूले सर्वोच्च परिसरभित्रैबाट मूल गेटमा धर्ना दिएका छन् । प्रधानन्यायाधीश जबरा भने गत शुक्रबारको दिन जस्तै एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.