काठमाडौं । नेपालमा थप २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय ९९ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ।