काठमाडौँ । कोभिड-१९ को महामारी र लकडाउनको कारण सुस्ताएको नेपाली चलचित्र उद्योग अब चलायमान बन्न थालेको छ। प्रदर्शन रोकिएका चलचित्रहरुले प्रदर्शन मिति तोकेर प्रचार प्रसार गर्न थालेका छन् ।
अहिले निर्माताहरु नयाँ चलचित्र निर्माणमा लागेका छन्। लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय करण सिंहको निर्माणमा बन्न लागेको चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन्। आर.के.एस.इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभ स्टोरी चलचित्रको कथा सिंह रहेको छ । भने, पटकथा अभिमन्यु निरवीको रहनेछ।
चलचित्रको लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टिमको छनोट गर्ने कार्य भई रहेको छ। माघको अन्तिममा फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ। चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा सार्वजनिक गरिने सिँहले बताए ।