११ जेष्ठ नागरिकले आयुर्वेद स्वास्थ्य शिविरबाट सेवा पाए
हुम्लामा संचालन भएको आयुर्वेद स्वास्थ्य शिविरमा बातसामक तेल वितरण र जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमबाट एक हजार १०९ जनाले सेवा लिएका छन्  ।

हुम्ला    ।  हुम्लामा २० भदौदेखि २२ गतेसम्म संचालन भएको आयुर्वेद स्वास्थ्य शिविरमा बातसामक तेल वितरण र जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमबाट एक हजार १०९ जनाले सेवा लिएका छन्  ।

लक्षित वर्गका व्यक्तिहरूका लागि केही राहत होस् भन्ने उद्देश्यका साथ निःशुल्क शिविर संचालन गरिएको थियो । हातखुट्टा दुख्ने, शरीर दुख्नेजस्ता समस्या भएका र राँगनका बिरामीहरूका लागि शिविर संचालन भएको थियो । जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रममा महिला १७३ जना र पुरुष १४२ जना गरी ३१५ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् ।

२० भदौदेखि २२ गतेसम्म संचालन गरिएको शिविरमा जिल्लाका सातवटै गाउँपालिकाका बातसामक अश्वगन्धा चुर्ण,आमलकी चुर्ण,च्वयनप्रास, इम्युनोकेयर सिरप जस्ता जेष्ठ नागरिकहरूका लागि ओैषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य कार्यलयका प्रमुख कृष्णचन्द्र जैसीले बजानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.