काठमाडौँ । नेकपा एमालेले दशौँ महाधिवेशनकाे बन्दसत्र कार्यक्रम ३ घण्टामा सक्ने तयारी गरिरहेकाे छ । महाधिवेशनकाे उद्घाटन सत्र नारायणी किनारमा हुँदैछ भने बन्दसत्र र निर्वाचन कार्यक्रम सौराहमा हुँदैछ ।
एमाले महाधिवेशनकाे बन्दसत्र ११ मंसिर विहानबाट सुरु बुझिएकाे छ । बन्दसत्रमा अध्यक्ष मण्डलले कार्यक्रम सञ्चालन गर्ने र राजनीतिक प्रस्ताव पारित हुनेछ । एमालेले गाेदावरीमा विधान सम्मेलन गरिसकेकाे हुँदा पनि बन्दसत्रको कार्यक्रम ३ घण्टा सक्ने योजना बनाएकाे हाे ।
बन्दसत्रमा सम्बोधन, समसामयिक राजनीतिक प्रस्ताव पेस र पारित हुनेछ। निर्वाचन सञ्चालनका लागि बन्दसत्रबाटै ‘निर्वाचन आयोग’ गठन हुनेछ।
निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन पत्र दर्ता, दाबी/विरोध र अन्तिम नामावली प्रकाशन लगायतका काम साँझसम्म सम्पन्न गर्ने योजना रहेकाे एमाले केन्द्रीय कार्यालयले जनाएकाे छ । नामवली प्रकाशनपछि निर्वाचन कार्यक्रम सुरु हुनेछ ।
विद्युतीय मतपेटिका प्रयोग गरिने भएकाले पनि महाधिवेशन लामो समय नजाने देखिएकाे हाे । विद्युतीय मतपेटिकाकाे मत गणनालाई पनि समय खास नलाग्ने हुन्छ । विद्युतीय मत पेटिका एमाले महाधिवेशनमा पहिलो पटक प्रयोग भएकाे हाे