आज थप २ सय ४२ जनामा कोरोना पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३६ जनाको कोरोना परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण र २ हजार ९ सय ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।  यस्तै, नेपालमा हाल ७ हजार ३ सय ३ जना सक्रिय कोरोना संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९५ पुगेको छ ।

यस्तै कोरोना मुक्त हुनेको संख्या ४ सय ४४ जना भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.