काठमाडौं । गायिका प्रविशा अधिकारी र इन्जिनियर निर्माण सिटौला आज विवाह बन्धनमा बाधिएका छन् । आइताबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा प्रविशा र निर्माणले विवाह गरेका हुन्।
विवाहको समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेकाे थियाे ।
प्रविशाले प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन् । प्रविशासँग विवाह गर्नकै लागि निर्माण केही समय अगाडि नेपाल आएका हुन् ।
‘‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी उनले गाएका गीतले दर्शकको मन जितिका छन् । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।