काठमाडौं । नेकपा (एमाले) को युवा संगठन अन्तर्गत रहने 'साइबर सेना' को नाम 'साइबर सर्कल' राखिने भएको छ ।
'साइबर सर्कल' युवासंघ अन्तर्गत एउटा विभागको रुपमा रहनेछ । यो नाम भने एमाले नेता महेश बस्नेतले प्रस्ताव गरेका हुन् ।
'साइबर सेना' को परिवर्तित नाम भने मंसिर ८ गते नेकपा अध्यक्ष केपी ओलीले घोषणा गर्ने भएका छन् ।