काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनमा पार्टीलाई बाेलाएकाे तर व्यक्तिलाई निमन्त्रणा नगरिएकाे बताएका छन् ।
ओलीले १० औँ महाधिवेशनले दिने सन्देश एमाले सत्तापक्षमा थियो प्रतिपक्ष्यमा गयो, एमाले कमजोर भएको होइन, केही मानिसहरु चोइटिएको हुन् भन्ने रहेकाे बताएका छन् ।
ओलीले सम्पदकसँग भने नेकपा एमालेको मतदाता घटेको छैन । कतिजनाले छोडे कति जना प्रवेश गरेका छन् हिसाब गर्नुस । जसले नेकपा एमाले सुदृढ छ भन्ने प्रस्ट हुन्छ ।
उनले भने कतैबाट एमालेको आलोचना भएको छैन । एमालेको नीतिमा असहमतिको आवाज सुनिएको छैन । अब आउने सरकारबाट एमाले नै बहुमतबाट आउने हो ।
माधव कुमार नेपालको अनुशासनहीन पार्टी विरोधी काम गरेकाले उनको टिमलाई कारबाही गरिएको छ ।
एमाले फुटाउने काम गर्दा विरोध गरिएन । अदालतले खारेज गरेको थियो । अध्यादेश एमालेको विरोध असंवैधानिक कुचेष्टा गरेको थियो त्यसैले मााधवको टिमलाई पार्टी होइन त्यसैले निमान्त्रणा गरेका छैनौं हामीले पार्टीलाई गरेका छौं व्यक्तिलाई गरेका छैनौँ ।