काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताएका छन् ।
मंगलबार सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताए । ‘करकापमा सहमति गर्न जरूरी छैन । सहमतिका लागि मैले आग्रह गरे भने करकाप हुन्छ । म त्यो गर्दिन । लोकतान्त्रिक विधि भए बेस्ट हो । पदाधिकारी र केन्द्रीय सदस्यको हकमा सहमतिका लागि दबाब दिन्न, उनले भने ।
नेकपा एमालेमा निर्वाचन आयोग छ, उसले निर्वाचन गर्छ तोक्छ, त्यो बारे जानकारी उसले राख्त छ । त्यो आयोगको विषय हो मेरो होइन, परिणाम उसले दिन्छ हामीले स्विकार्ने हो ।