काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकाे सम्मुखमा सम्पादकसँग कुराकानी गर्दै निष्पक्ष न्यायालयकाे चाहना रहेकाे बताएका छन् । उनले भने 'हामी चाहन्छौँ न्यायालय निष्पक्ष होस् । साझा न्यायिक व्याख्या होस् । हरेक निकायको सीमा हुन्छन् त्यो नतोडियास् ।'
केपी ओलीले भने प्रधानमन्त्री हटाएउने नियुक्ति गर्ने काम नहोस् । संसदले थाहा नपाउने गरी प्रधानमन्त्री नियुक्त हुन्छ भने यो बडा विचित्रको कुरा हो । यो अभ्यास विश्वको कुनै नजीरसँग मिल्दैन । किन यस्तो भयो भनेर अधिवक्ताहरुले भन्न थाल्नु भएको छ । यहाँहरुले सुनिरहनु भएको छ ।
यत्रो सेटिङमा गरेको देखिएपछि सबैले राजीनामा दिनुपर्ने देख्छु । न्यायलय विश्वसनीय छ भन्ने कुरा सबैले अनुभूति गर्न पाउन ।