प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न निर्वाचन आयोगकाे निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन गरेकाे हाे । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेकोतर्फ पनि आयोगले निर्देशन गरेकाे हाे ।

निर्वाचन आयोगले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ-राजनीतिक दलले पनि त्यस्तो सार्वजनिक पदमा बहाल रहेको व्यक्तिलाई दलको सदस्य बनाउन मिल्दैन । 

https://www.election.gov.np/uploads/content/1637660402_np.pdf

© 2021 Quicknepal.com  |  All Rights Reserved.