काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने २ सय ७३ जना निको भएका छन् ।
मंगलबार कोरोना संक्रमण थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ भने ८ लाख ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।