झापा । झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा न २ विर्तामोड चारपाने स्थायी घर भएकी डिम्पल खरेल याे समयमा मिस ग्राण्ड नेपाल २०२१ को उत्कृष्ट १५ मा परेकी छिन् । काठमाडौको ठमेल स्थित होटल नेपालयमा संचालन भएको कार्यक्रमाबाटमिस ग्राण्ड नेपाल २०२१ को प्रतियोगिता मा झापाकी सुन्दरी मोडल खरेल उत्कृष्ट १५ को कोटामा परेकी हुन ।
छोटो समयमा चर्चामा रहेकी मोडेल खरेलले भारतमा पनि थुप्रै बिउटी प्याजेन्ट हरुमा भाग लिएर सफलता हासिल गरेकी छिन । आफ्नो मोडेलिङ क्षेत्रबाट प्रसंशा कमाउने उद्देश्य बोकेर आएको उनले बताइन । मिस ग्राण्ड नेपाल २०२१ को ताज उचाल्न सकेमा उनले मोडेलिङ क्षेत्रमा सहयोग गर्ने र दुखी अनाथ बालबालिकालाई हेरचाह गृहमा लगेर राखिदिने बताइन । सामाजिक काममा सक्रिय डिम्पलको सानैदेखि यो क्षेत्रमा रुचि रहेको बताइन ।
गायन, कविता वाचन, लेखन, नाटक कलाकारितामा भिजेको उनको अनुभब रहेकोे छ । मिस ग्राण्ड नेपालको ताज पहिरनकालागी संघर्ष गरिरहेकी खरेलले अन्य १४ जनासंग प्रतिशप्रधामा रहनुसपर्ने छ ।
भोट कसरि गर्ने
खरेललाई भोट गर्न मिस ग्राण्ड नेपालको पेजबाट अपलोड गरिएका कन्टेस्टेन्टहरुको फोटोहरु मध्यमा कन्टेस्टेन्ट नम्बर ११ मा गएर डिम्पल खरेललाई लाईक , कमेन्ट अनि सेयर गर्नसकिन्छ ।
ईसेवा एप्लिकेसन खोलेर भोटिङ अपसन अन गरि मिस ग्राण्ड नेपालको फोल्डर खोलेर त्यहा भएका १५ जना कन्टेस्टेन्ट मध्य कन्टेस्टेन्ट नम्बर ११ मा आफुलाई मन लागेको भाेट गर्न पाईने
प्रतियोगी डिम्पल खरेलको परिचयात्मक भिडियो युट्युब च्यानलमा गएर उक्त भिडियो हेरेको पनि भोट काउन्ट हुने भएको हुनाले भिडियो हेरेर पनि भोट गर्न सकिनेछ ।
आयोजक टिम द्वारा वितरण गरिएको टिकटहरुलाई खरिद गरेर पनि खरेललाई सहयोग गर्न सकिनेछ । यी माथिका चारवटै तरिकाबाट खरेलले धेरै भोट लिएर आएमा विजेता हुने उल्लेख गरिएको छ ।