काठमाडाैँ । ६ विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रधानमन्त्रीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले प्रधानमन्त्रीलाई भेटेर पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिले जनताकाे दैनिक समस्यामा झन बढेकाेले फिर्ता लिन आग्रह गरेका हुन् ।