जातीय सद्भाव बिथोल्ने पिताको गल्ती स्वीकार्य छैन्ः छत्तिसगढका मुख्यमन्त्री
भारतमा छत्तिसगढ राज्यका मुख्यमन्त्री  भूपेश बघेलका बयोबृद्ध बाबु नन्द कुमार बघेल पक्राउ परेका छ ।

छत्तिसगढ  ।  भारतमा छत्तिसगढ राज्यका मुख्यमन्त्री  भूपेश बघेलका बयोबृद्ध बाबु नन्द कुमार बघेल पक्राउ परेका छ । ब्राह्मण समुदायबिरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि ८६ वर्षीय नन्दकुमार पक्राउ परेका हुन् । प्रहरीले उनलाई पुर्पक्षका लागि १५ दिन न्यायिक हिरासतमा राखेको छ । 

बघेलले धरौटीमा रिहा हुन अनुरोध नगरेको उनका वकिलले बताएका छन्  । प्रहरीले उनलाई यही २१ सेप्टेम्बरमा अदालतमा उपस्थित गराउनेछ । 

आफ्ना बाबुलाई कैद गरिएपछि मुख्यमन्त्री बघेलले उनलाई विशेष छुट नहुने बताए । आफ्ना पिताप्रति सदैब सम्मान रहे पनि मुख्यमन्त्रीको रुपमा पिताको गल्ती स्वीकार्य नहुने उनको भनाई छ । 

‘कानूनभन्दा माथि कोही  हुँदैन, यद्यपी उहाँ मेरा पिताजी  हुनुहुन्छ । मुख्यमन्त्रीको रुपमा मैले बिभिन्न समुदायबीच सद्भाव ल्याउनु पर्छ । कुनै निश्चित समुदायप्रति द्वेष फैलाउने उहाँको अभिव्यक्तिका कारण म दुःखित छु । उहाँमाथि कानुनी कारबाही हुन्छ । ’ छत्तिसगढ सरकारले हरेक धर्म, जातजाती समुदाय र उनीहरुको भावना सम्मान गर्ने उनले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.