काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ यो संगै नेपालमा ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ । आज २ सय ३२ जना कोरोना मुक्त भएका छन् साथै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख १ हजार १ सय २२ जना भएका छन् ।
आज कोरोना थपिए संगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४ सय १ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ६९ जना रहेका छन् ।