काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्तालाई उल्लेखित प्रतिशत नाफा दिन लागेको हो ।
कम्पनीले दिने २५ प्रतिशत अर्थात् १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँबराबरको बोनस सेयर कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
हाल हाल चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ रहेको कम्पनीको २५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ ।