आज कांग्रेसले दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्रमा भएका जिल्लाको अधिवेशन गर्दै छ ।एक मात्र निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा अधिवेशन सकिएलगतै दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा सो अधिवेशन हुन लागेको हो । 

यद्यपि एउटा निर्वाचन क्षेत्र भएका धनकुटा, सोलुखुम्बु, रसुवा र दार्चुलामा जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी छ । यी जिल्ला एक मात्र संघीय निेर्वाचन क्षेत्र भएका जिल्ला हुन् । 

बाँकी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आजबाट अधिवेशन सुरु हुन लागेको हो । श्रेष्ठका अनुसार प्रदेश दुईका ८ वटा जिल्लामा भने आज जिल्ला अधिवेशन सुरु हुने अवस्था छैन । सिरहामा वडा अधिवेशनसमेत सम्पन्न भएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.