काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ नगर्ने भएका छन्।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय भएको थियो । तर, सो कार्यक्रम एकाएक रोकिएको छ ।
नेता शेरबहादुर तामाङका अनुसार जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम सुरक्षाका कारण स्थगित गरिएको बताइएको छ ।
ओलीले मोटर बोट चढ्ने भएसँगै बोट मोटर रंगीचंगी बनाइएको थियो ।