एमाले महाधिवेशन: चितवनमा ठाउँठाउँबाट निस्कियो र्‍याली

काठमाडौं । नेकपा (एमाले) १० औँ राष्ट्रिय महाधिवेशनका लागि चितवनमा ठाउँठाउँबाट र्‍याली निक्लिएको छ । 

शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटनअघि देशभरबाट चितवनमा जम्मा भएका नेकपा एमालेका नेता तथा कार्यक्राले र्‍याली निकालेका हुन् । 

चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने  र तीन ठाउँबाट र्‍याली निस्कनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा कुल दुई हजार १७५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.