चितवन । नेकपा एमालेका नेता रामबहादुर थापाले अहिले नेकपा एमाले नै सबैभन्दा ठूलो पार्टी भएको बताएका छन् । शुक्रबारबाट चितवनमा भएको महाधिवशेनका क्रममा नेता थापाले यस्तो बताएका हुन् ।
थापाले एमाले १० औँ महाधिवेशनमा सहाभागी सबैलाई स्वागत गर्दै भने, ‘ नेकपालाई ३ टुक्रा पारेको बताउँदै उनले भने नेकपा एमाले नै सबैभन्दा ठूलो पार्टी हो ।’
सम्बोधनका क्रममा थापाले चितवनको विशेषता दर्शाउने क्रममा विगतमा कम्युनिस्टले झन्डा फहराएको स्मरण गर्दै चितवन रामको जन्मभूमि भएको उल्लेख गरे ।
सो क्रममा उनले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र अलपत्र परेको बताउँदै उनले एकातर्फ देशभक्त कम्युनिस्ट भएको र अर्कोतर्फ पुँजीवादी रहेको बताए ।
उनले अहिले विश्वकाे चुनाैति बढ्दै गएकाले एमाले त्यसकाे सामना गर्न सक्ने पार्टी रहेकाे धारणा राखेका छन ।