एमालेलाई विश्वले हेरिरहेकाे छ : ओली

चितवन। नेकपा एमालेको १० औं महाधिवेश उदघाटन समारोहमा केपी शर्मा ओलीले सम्बोधन गर्दै प्रधानमन्त्रीलगायत सम्पूण पार्टीका नेताहरुलाई स्वागत र धन्यवाद दिएका छन् । सम्बोधनमा उनले एमालेलाई विश्वले हेरिरहेकाे बताएका छन् ।

केपी ओलीले भने-नेपालको सबैभन्दा ठूलो पार्टी इतिहासको विभिन्न उतारचढाव झेल्दै वैचारिक र व्यवहारिक रुपमा देशलाई यहाँसम्म ल्याएको पार्टी हो । यस पार्टीले बलिदानको ७२ वर्ष पार गरेको छ । 

हाम्रो महाधिवेशन आम नेपाली जनताले मात्र होइन विश्वले हेरेको छ । यहाँ आएकाले वारीपारी बसेर हेरेका छन् भने घरमा भएकाले घरबाट नै विभिन्न माध्यमबाट हेरेका छन् । जनताले पठाएको प्रतिनिधिहरु गलत नभएको उनले प्रशन्नता व्यक्त गरे ।

हामी अब चुनावको तयारी गर्ने छ । हामीले एकल जनमत ल्याउनुपर्ने छ एमालेको लागि होइन यो देशको लागि यो जनताको लागी यो देशमा विकासको लहर चलाउनको लागि नेपालमा समृद्ध राष्ट्र बनाउनका लागि हामीले बहुमत ल्याउनुपर्ने छ ।

यस महाधिवेशन बाट हामीले हिंसाको विरुद र समाजिक सद्भावको पक्षमा छौँ । त्यसबाट हामी राष्ट्रियक एकताको निति हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.