एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा आओस्ः श्रीलंकाली नेता लेडार

काठमाडौं । श्रीलंकाको जेबिपीका नेता विजिता लेडारले एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिएका छन् । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा नेता लेडारले यस्तो शुभकामना दिएका हुन् ।

सो अवसरमा उनले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेको र एमालेसँग सहकार्य पनि गरिरहेको बताए । उनले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.