थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण गर्दा २ सय १३ जना संक्रमित थपिएको हुन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।

४ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण र १७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै नेपालमा हाल सक्रिया कोरोना संक्रमित ७ हजार १ सय ५६ जना छन् । आज कोरोना मुक्ता भएर घर जाने ३ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । साथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.