काठमाडौं । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेसनले अध्यक्ष पदका लागि पार्टीका वर्तमान अध्यक्ष केपी ओली शर्मालाई पुन निर्वाचित गराउने तयारी गरिरहेको छ । यो अवधिमा ओली निकट एमाले नेता दुर्गा प्रसाइले भने पार्टी अध्यक्षका लागि अझै १० वर्ष केपी ओलीको विकल्प नरहेको बताएका छन् ।
‘देशले केपी ओलीलाई मागेको छ, पार्टीको भन्दा पनि देशमा केपी ओलीको आवश्यक छ’, उनले भने 'अहिले देशले भिम रावलको मागेको छैन, उनले सेफ ल्यान्डिङ गरेकै राम्रो हुन्छ ।' देशको आवश्यकता, विकास र सम्बृद्धिका लागि भएपनि ओलीलाई नै अध्यक्षमा निर्वाचित गराउनुपर्ने उनको भनाई छ ।
ओलीले सुरु गरेको सम्बृद्ध नेपाल, सुखी नेपाली अभियानका कारण पनि देशले ओलीलाई मागेको प्रसाई बताउँछन् । ‘पार्टीको आवश्यकता भएको भए रावललाई अध्यक्ष दिँदा फरक नपर्ने थियो’, तर अहिले देशकै आवश्यकता भएको हुँदा ओलीको विकल्प नभएको उनी बताउँछन् । तसर्थ रावललाई सेफ ल्यान्डिङ गर्न प्रसाइको सुझाव छ ।