काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको भेट निम्तोलाई ठाडै अस्वीकार गरेका छन् ।
विधानअनुरुप अघि बढ्ने भएपछि भेटघाटको आवश्यक नभएको भन्दै उनले ओलीसँग भेट्न नखोजेको उनीनिकट स्रोतले जनाएको छ । अध्यक्ष ओलीले विष्णु पौडेलमार्फत् भुसाललाइ आफू बसेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए ।
भुसालले एमालेको १० औं महाधिवेसनमा उपाध्यक्ष पदका लागि दाबी गरेका छन् । साथै यो दाबी पदबाट आफू पछि नहट्ने उनको भनाइ छ ।
महाअधिवेशनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । यो निर्णयले अध्यक्ष पदको दाबी गर्दै आएका वर्चमान उपाध्यक्ष भिम रावल र उपमहासचिव भुसालले असहमति जनाएका थिए ।
रावलले अध्यक्ष पदको दाबीसँगै आफ्नो पर्चासमेत बाँडेका छन् । भुसालले भने अहिले आवश्यक नभएको भन्दै अध्यक्ष ओलीको भेट बोलावटलाई अस्वीकार गरेका हुन् ।